Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

दरबारमार्ग क्षेत्रमा सवारी आवागमनमा रोक

दरबारमार्ग क्षेत्रमा सवारी आवागमनमा रोक

बुधवार , आश्विन २, २०८१

काठमाडौं । दरबारमार्ग क्षेत्रमा सवारी आवागमनमा रोक लगाइएको छ ।

असोज ३ गते संविधान दिवसको अवसरमा दरबारमार्गमा नागरिक स्तरबाट आयोजना हुने नेसनल डे कन्सर्टको स्टेज निर्माणको काम भइरहेकाले उक्त क्षेत्रमा सवारी आवागमन बन्द गरिएको हो ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार केशरमहल चोकबाट दक्षिणगेटतर्फ जाने सवारी साधनलाई जमलतर्फ, जयनेपाल चोकबाट दक्षिण गेटतर्फ आउने सवारी साधनलाई कृष्ण पाउरोटीतर्फ र महेन्द्र शालिक चोकबाट दक्षिण गेटतर्फ जाने सवारी साधनलाई घण्टाघरतर्फ डाइभर्सन गरिएको छ ।

सरकारले भोलि साँझ नारायणहिटी दरबार अगाडिको सडकमा सांगीतिक कार्यक्रम गर्दै छ । यस्तै बिहीबार संविधान दिवसको मूल समारोह सैनिकमञ्च टुँडिखेलमा आयोजना हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077