Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • पोखरीमा डुबेर दुई बालबालिकाको मृत्यु

    पोखरीमा डुबेर दुई बालबालिकाको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, १ असोज २०८१
  • 90
    SHARES

    फाइल फोटो

    सिरहा । सिरहामा पोखरीमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार कर्जन्हा नगरपालिका ४ बस्तिपुरका नुरगेन लामाको सोही ठाउँको पोखरीमा डुबेर मंगलबार अपरान्ह मृत्यु भएको हो ।



    डुबेर बेहोस भएका उनको कर्जन्हास्थित फुलकुमारी मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ।



    यसैगरी जिल्लाकै औरही गाउँपालिका ५ मा रहेको सार्वजनिक पोखरीमा डुबेर ३ वर्षिया अलिया खातुनको मंगलबार अपरान्ह मृत्यु भएको छ।

    नुहाउने क्रममा पोखरीमा डुबेर बेहोस भएकी उनको प्रादेशिक अस्पताल सिराहामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार