Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

पोखरीमा डुबेर दुई बालबालिकाको मृत्यु

पोखरीमा डुबेर दुई बालबालिकाको मृत्यु

मंगलवार , आश्विन १, २०८१

सिरहा । सिरहामा पोखरीमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार कर्जन्हा नगरपालिका ४ बस्तिपुरका नुरगेन लामाको सोही ठाउँको पोखरीमा डुबेर मंगलबार अपरान्ह मृत्यु भएको हो ।

डुबेर बेहोस भएका उनको कर्जन्हास्थित फुलकुमारी मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ।

यसैगरी जिल्लाकै औरही गाउँपालिका ५ मा रहेको सार्वजनिक पोखरीमा डुबेर ३ वर्षिया अलिया खातुनको मंगलबार अपरान्ह मृत्यु भएको छ।

नुहाउने क्रममा पोखरीमा डुबेर बेहोस भएकी उनको प्रादेशिक अस्पताल सिराहामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077