Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

राष्ट्रपति पौडेलले गरे इन्द्रजात्रा अवलोकन

राष्ट्रपति पौडेलले गरे इन्द्रजात्रा अवलोकन

मंगलवार , आश्विन १, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्रा अवलोकन गरेका छन् ।

इन्द्रजात्राका अवसरमा राष्ट्रपति पौडेल जुद्ध सालिकदेखि पैदल हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठकसम्म पुगेका हुन् ।

राष्ट्रपति पौडेललाई काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल लगायतका पदाधिकारीले स्वागत गरे।

हनुमान ढोका दरबार क्षेत्रमा राष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्टदेखि सर्वसाधारणले इन्द्रजात्राको अवलोकन गरेका छन् ।

जात्राका अवसरमा राष्ट्रपति पौडेलले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथमा दक्षिणा चढाई यात्रा गराउने अनुमति दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077