Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

भोटेकोशीमा खसेको गाडीका चालकको शव सुनकोशीमा भेटियो

भोटेकोशीमा खसेको गाडीका चालकको शव सुनकोशीमा भेटियो

मंगलवार , आश्विन १, २०८१

काठमाडौं । भोटेकोशी नदीमा बेपत्ता भएका बोलेरो चालकको शव फेला परेको छ ।

शसस्त्र प्रहरीका अनुसार गत भदौ २८ गते बोलेरो गाडी खसेपछि बेपत्ता भएका चालकको शव सोमवार भेटिएसँगै पहिचान पनि खुलेको हो ।

शव भेटिएका व्यक्ति सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-५ का ३५ वर्षीय सानु तामाङ रहेको उनका छोराले पुष्टि गरेको शसस्त्र प्रहरीले जनाएको छ ।

सिन्धुलीको फिक्कल गाउँपालिका ६ सोखुखोलास्थित सुनकोशी नदिबाट वि।व्य।बेश खुर्कोटको सप्रनिको ४ जना गोताखोरसहित ९ जनाको टोली बेपत्ता तामाङको खोजीमा खटिएका थिए।

भदौ २८ मा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ६ ढुंगाखानीस्थित भोटेकोशी नदिमा बोलेरो गाडी खसेपछि तामाङ बेपत्ता भएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077