Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • एनआरएन विवादमा मिसिल झिकाउन सर्वोच्च अदालतको आदेश

    एनआरएन विवादमा मिसिल झिकाउन सर्वोच्च अदालतको आदेश

    अनलाइन नेपाल
  • सोमबार, ३१ भाद्र २०८१
  • 96
    SHARES

    काठमाडौैं । गैरआवासीय नेपाली सङ्घ (एनआरएन) को आधिकारिकता विवादमा अहिलेसम्म भएका अदालतका आदेशको मिसिल झिकाउन सर्वोच्च अदालतले आदेश दिएको छ ।

    सोमबार न्यायाधीश बालकृष्ण ढकालको इजलासले सो आदेश दिएको हो ।



    एनआरएनको महाधिवेशनका सम्बन्धमा अदालतबाट भएको आदेशसहितका मिसिल झिकाई अवलोकनका लागि साथै दुवै पक्षलाई झिकाउन आदेशमा भनिएको छ ।



    एनआरएनका राजेन्द्रकुमार शर्मा पक्षले दायर गरेको रिट निवेदनमा आफू आधिकारिक भएको दाबी गर्दै यही भदौ २६ गते रिट निवेदन दायर गराएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार