काठमाडौं । काठमाडौंबाट भरतपुर जान लागेको बुद्ध एयरको जहाजमा समस्या देखिएको छ ।
बिहान ७ः२० बजे भरतपुर उड्न लागेको जहाज ट्याक्सी वे मा पुगेपछि प्राविधिक समस्या देखिएको हो ।
जहाजमा समस्या देखिएपछि ट्याक्सी वे ‘इको’मा रोकेर यात्रुहरुलाई ओरालिएको छ । सो कारणले अन्य उडानहरु पनि प्रभावित भएका छन् ।
ट्याक्सी वे मा पुगेको जहाजमा ‘ह्विल लक’को समस्या देखिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।
विमानस्थल सामान्य रुपले सञ्चालन भए पनि उक्त समस्याका कारण केही कठिनाइ भएको बताइएको छ ।
Leave a Reply