Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

धनगढीमा मन्त्री खड्काले उद्घाटन गरे 'स्मार्ट सडक बत्ती', झिलीमिली बन्यो १० किमि सडक !

धनगढीमा मन्त्री खड्काले उद्घाटन गरे 'स्मार्ट सडक बत्ती', झिलीमिली बन्यो १० किमि सडक !

सोमवार , भाद्र ३१, २०८१

कैलाली । कैलालीको धनगढीमा थप १० किलोमिटरमा स्मार्ट सडक बत्ती जडान गरिएको छ । सो स्मार्ट सडक बत्तीको आइतबार सामाजिक विकासमन्त्री मेघराज खड्काले उद्घाटन गरेका हुन् ।

धनगढीको मुख्य सडक र सहिद गेट क्याम्पस चोक सडकमा स्मार्ट सडक बत्तीको उद्घाटन गरिएको हो । योसँगै सहरी विकासले निर्माण गरेका सबै सडकमा सडक बत्ती जडान गरिएको छ ।

यसअघि धनगढी उपमहानगरपालिकाको ६ लेन सडक र क्याम्पस चोक-मनेहरा सडक खण्डको जनआवाज चोकसम्म स्मार्ट सडक बत्ती बालिएको छ ।

यो पटक ५५३ पोलमा स्मार्ट सडक बत्ती र १५ वटा हाइमास्ट लाइटको मन्त्री खड्काले स्वीच थिचेर उद्घाटन गरेका हुन्। कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री खड्काले धनगढी उपमहानगरपालिकाको कामको प्रशंसा गरेका थिए ।

उनले स्थानीय सरकारले जनताका काम गर्न सके राम्रो प्रभाव पर्ने र प्रदेश सरकारले पनि जनमुखी काम गर्न उपमहानगरपालिकासँग मिलेर काम गर्ने बताए । कार्यक्रममा नगर प्रमुख गोपाल हमाल, उपप्रमुख कन्दकलाकुमारी राना, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, कर्मचारी र सर्वसाधारणको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077