काठमाडौं । मुस्लिम धर्मावलम्बीले आज मोहम्मद जयन्ती (मोहम्मद दिवस) हर्षोल्लासका साथ मनाउँदैछन् ।
हजरत मोहम्मदको जन्म इस्लामी पात्रो हिजरी संवतको रवि अव्वल महिनामा साउदी अरबको मक्कामा बिबी आमिनाको कोखबाट ५७० एडीमा भएको थियो ।
उनको निधन भने मृत्यू मक्कामा ६३२ जून ८ मा ६३ वर्षको उमेरमा साउदीकै मदिनामा भएको थियो । साउदी अरेबियामा जन्मेका मोहम्मद इस्लाम धर्मका संस्थापक हुन्।
मोहम्मद डे लाई इद मिला दुननबी र १२ रबिउल अब्बल पनि भन्ने गरिन्छ।
आजको दिन मुस्लिम समुदायले रैली निकाल्नुका साथै मस्जिदमा कुरान पाठ गर्ने, हजरत मोहम्मदका उपदेश स्मरण गर्ने, सामूहिक भोजन गर्ने र एकअर्कामा शुभकामना साटासाट गर्ने प्रचलन रहेको छ।