Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

धनगढीमा मेयर हमालको अर्को 'कमाल' : सुरु गरे नगर बस सेवा, न्यूनतम भाडा २० रुपैयाँ !

धनगढीमा मेयर हमालको अर्को 'कमाल' : सुरु गरे नगर बस सेवा, न्यूनतम भाडा २० रुपैयाँ !

आइतवार , भाद्र ३०, २०८१

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकाले नगर बस सेवा सञ्चालनमा ल्याएको छ ।

उपमहानगरपालिका आइतबार जिल्लाको कैलारी गाउँपालिकाको हसुलियादेखि गोदावरी नगरपालिकाको अत्तरिया रुटमा नगर बस सेवा सञ्चालनमा ल्याएको हो ।

आइतबार फूलबारी बसपार्कमा एक कार्यक्रम गरेर नगर बस सेवाको उद्घाटन गरिएको हो । आइतबार एक कार्यक्रमकाबीच फुलवारी बसपार्कबाट उपप्रमुख कन्दकला रानाले हरियो झण्डा देखाउँदै बस सेवा औपचारिक रुपमा शुभारम्भ गरेकी हुन् ।

उपमहानगरले धनगढीकै के एण्ड के कन्स्ट्रक्सनले नगर बस सेवा चलाउने ठेक्का पाएको छ भने ६ वटा बसबाट नगर बस सेवा सुरु गरिएको छ । असोज १ गतेबाट सुरू हुने नगर बस सेवा बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म चल्ने छ भने न्यूनतम भाडादर २० रुपैयाँ तोकिएको छ।

नगर बसमा विद्यालय खुलेको दिन धनगढीका बाल बिकास शिक्षक/शिक्षिकाले भने निःशुल्क यात्रा गर्न पाउनेछन् । नगर बस सेवा बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म नियमित रुपमा सञ्चालन हुनेछ । ६ वटै नगर बसमा सिसिटिभी र जिपिएस जडान गरिएको बताइएको छ ।

नगर प्रमुख गोपाल हमालले स्थानीय किसानले आफ्नो कृषि उत्पादन सहजै बजारसम्म पुगाउन नगर बस सेवाको सञ्चालनले सहयोग पुग्ने विश्वास गरेका छन् ।

फूलबारीमा अस्पताल निर्माण, खेलकुद ग्रामको विकास, भोकेस्नल तालिम केन्द्र, गौशाला निर्माण जस्ता विकास निर्माणका काम गर्न उपमहानगर अग्रसर रहेको पनि नगर प्रमुख हमालको दाबी छ ।

नगर प्रमुख हमालले एकपछि अर्को जनपक्षीय काम गर्दै आएका छन् । उनको उपस्थितीले पछिल्लो समय धनगढी उपमहानरपालिकाको स्वरुप नै फेरिन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077