Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

प्रधानमन्त्री ओली र रोमानियाका राजदूत डानियलबीच भेटवार्ता

प्रधानमन्त्री ओली र रोमानियाका राजदूत डानियलबीच भेटवार्ता

आइतवार , भाद्र ३०, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि रोमानियाका राजदूत डानियल मारियना सेजोनभ तानबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उनीहरुबीच भेटवार्ता भएको हो ।

भेटमा प्रधानमन्त्री ओलीले कार्यकाल पूरा गरी आपसी सम्बन्धमा योगदान दिएकामा राजदूतलाई धन्यवाद दिए ।

भेटमा द्विपक्षीय हितका विविध विषय तथा सहयोग आदानप्रदानबारे छलफल भएको थियो । यस्तै दुवै देशमा आ-आफ्ना दूतावास खोल्न प्रस्ताव भएको थियो ।

भेटका अवसरमा नेपालका लागि रोमानियाका मानार्थ वाणिज्य दूत नारायण बजाज, परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077