Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

सप्तरीमा माइक्रोबसको ठक्करबाट बालकको मृत्यु

सप्तरीमा माइक्रोबसको ठक्करबाट बालकको मृत्यु

आइतवार , भाद्र ३०, २०८१

सप्तरी । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको हनुमाननगमा माइक्रोबसको ठक्करबाट एक बालकको मृत्यु भएको छ।

राजविराजबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश १–००२–००१ज ३८६६ नम्बरको माइक्रोबसले भारदहको कंकालिनी मन्दिरअगाडि ठक्कर दिँदा १५ महिने आर्दश अधिकारिको मृत्यु भएको हो ।

माइक्रोबसको ठक्करबाट आदर्श गम्भीर घाइते भएका थिए । उपचारका क्रममा आर्दशको विराटनगरमा मृत्यु भएको हो।

तीव्र गतिमा रहेको माइक्रोबस चालकको लापर्बाहीले दुर्घटना भएको भन्दै स्थानीयले क्षतिपूर्तिको मागसहित सडकमा टायर बालेर पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077