Online Nepal
  • शुक्रबार, १८ असोज २०८१
  • सप्तरीमा माइक्रोबसको ठक्करबाट बालकको मृत्यु

    सप्तरीमा माइक्रोबसको ठक्करबाट बालकको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, ३० भाद्र २०८१
  • 171
    SHARES

    फाइल तस्विर

    सप्तरी । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको हनुमाननगमा माइक्रोबसको ठक्करबाट एक बालकको मृत्यु भएको छ।

    राजविराजबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश १–००२–००१ज ३८६६ नम्बरको माइक्रोबसले भारदहको कंकालिनी मन्दिरअगाडि ठक्कर दिँदा १५ महिने आर्दश अधिकारिको मृत्यु भएको हो ।



    माइक्रोबसको ठक्करबाट आदर्श गम्भीर घाइते भएका थिए । उपचारका क्रममा आर्दशको विराटनगरमा मृत्यु भएको हो।



    तीव्र गतिमा रहेको माइक्रोबस चालकको लापर्बाहीले दुर्घटना भएको भन्दै स्थानीयले क्षतिपूर्तिको मागसहित सडकमा टायर बालेर पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार