Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

सिमराबाट काठमाडौं जाँदै गरेको ट्रक त्रिशूलीमा खस्यो

सिमराबाट काठमाडौं जाँदै गरेको ट्रक त्रिशूलीमा खस्यो

आइतवार , भाद्र ३०, २०८१

चितवन । मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत सिमलतालबाट एउटा ट्रक त्रिशूली नदी किनारमा खसेको छ।

आइतबार बिहान सिमराबाट काठमाडौं जाँदै गरेको ट्रक चितवनको भरतपुर महानगरपालिका-२९ को २५ किलोबाट त्रिशूली नदीमा खसेको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालले ना ६ ख ६२८३ नम्बरको ट्रक खसेको जानकारी प्राप्त भएको बताए।

उक्त ट्रक खानेतेल बोकेर काठमाडौं जाँदै थियो । दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077