Online Nepal
  • बुधबार, २ असोज २०८१
  • टिपरको ठक्करबाट सेनाका लेस नायकको मृत्यु

    टिपरको ठक्करबाट सेनाका लेस नायकको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, ३० भाद्र २०८१
  • 519
    SHARES

    फाइल तस्विर

    गोरखा । गोरखामा टिपर र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।

    गोरखा नगरपालिका–९ दलभञ्ज्याङमा शनिवार दिउँसो साढे ४ बजेतिर भएको दुर्घटनामा गम्भीर घाइते इलाम घर भएका २६ वर्षका सुरेन्द्र राईको उपचारका क्रममा मृत्यु भएको हो ।



    यस्तै अर्का एक जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा गम्भीर घाइते भएका सङ्खुवासभा घर भएका जनम राईलाई थप उपचारका लागि काठमाण्डौं लगिएको छ।



    दुबै जना गोरखास्थित नेपाली सेनाको रिप मर्दन गणमा कार्यरत रहेका जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

    गोरखा बजारबाट आँबुखैरेनीतर्फ गइरहेको ग १ क ५६५४ नम्बरको टिपर र विपरीत दिशाबाट आइरहेको बा ७० प २८७१ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको थियो ।

    टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार