Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

टिपरको ठक्करबाट सेनाका लेस नायकको मृत्यु

टिपरको ठक्करबाट सेनाका लेस नायकको मृत्यु

आइतवार , भाद्र ३०, २०८१

गोरखा । गोरखामा टिपर र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।

गोरखा नगरपालिका–९ दलभञ्ज्याङमा शनिवार दिउँसो साढे ४ बजेतिर भएको दुर्घटनामा गम्भीर घाइते इलाम घर भएका २६ वर्षका सुरेन्द्र राईको उपचारका क्रममा मृत्यु भएको हो ।

यस्तै अर्का एक जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा गम्भीर घाइते भएका सङ्खुवासभा घर भएका जनम राईलाई थप उपचारका लागि काठमाण्डौं लगिएको छ।

दुबै जना गोरखास्थित नेपाली सेनाको रिप मर्दन गणमा कार्यरत रहेका जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

गोरखा बजारबाट आँबुखैरेनीतर्फ गइरहेको ग १ क ५६५४ नम्बरको टिपर र विपरीत दिशाबाट आइरहेको बा ७० प २८७१ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको थियो ।

टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077