Online Nepal
  • बुधबार, २ असोज २०८१
  • गाडीको ठक्करबाट एक जनाको मृत्यु

    गाडीको ठक्करबाट एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, २९ भाद्र २०८१
  • 462
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नारायणगढ–मुग्लिन सडकमा शनिबार सवारी दुर्घटना हुँदा साइकल यात्रीको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१ रामनगरका ६४ वर्षीय राम थापा छन् ।



    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार भरतपुर महानगरपालिका–१ पानी ट्यांकी ओरालोमा मुग्लिनबाट आँपटारीतर्फ गइरहेको बागमती प्रदेश ०१–०२३ च ५५१९ नम्बरको पिकअप गाडीलाई विपरीत दिशाबाट आउँदै गरेको ग२ख ८५५ नम्बरको बसले ठक्कर दिएको थियो।



    बसको ठक्करपछि अनियन्त्रित भएको पिकअप गाडीले साइकललाई ठक्कर दिएको रिजालले जानकारी दिए ।

    ठक्करबाट घाइते थापाको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। बस र पिकअप गाडी दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार