Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

जंगलमा बेवारिसे भेटिएको शवको पहिचान खुल्यो

जंगलमा बेवारिसे भेटिएको शवको पहिचान खुल्यो

शनिवार , भाद्र २९, २०८१

काठमाडौं । शनिबार दिउँसो त्रियुगा नगरपालिका-१० बोक्सेस्थित जङ्गलमा फेला परेको बेवारिसे शवको पहिचान खुलेको छ ।

स्थानीय नव उदय सामुदायिक वन उपभोक्ता समूहको बीच जङ्गलमा बेवारिसे अवस्थामा भेटिएको शव त्रियुगा नगरपालिका-४ का बालकुमार राईको भएको खुलेको हो ।

शनिबार जङ्गलमा घाँस दाउरा गर्न गएका स्थानीयले बेवारिसे शव देखेर प्रहरीलाई खबर गरेका थिए । खबर पाए लगत्तै खटिएको प्रहरीको टोलीले घटनास्थलको प्रकृति मुचुल्का गरी शव उठाएर अनुसन्धान थालेको थियो ।

सोही क्रममा उक्त शव ३५ वर्षीय राईको भन्ने सनाखत भएको प्रहरीले जनाएको छ । राईले आत्महत्या गरेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077