Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

भोटेकोशीमा खसेको गाडीमा सवार महिलाको शव भेटियो, चालक अझै बेपत्ता

भोटेकोशीमा खसेको गाडीमा सवार महिलाको शव भेटियो, चालक अझै बेपत्ता

शनिवार , भाद्र २९, २०८१

सिन्धुपाल्चोक । भोटेकोशीमा जिप खसेर बेपत्ता भएकामध्ये एकजनाको शव भेटिएको छ ।

शनिबार दिउँसो सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका-६ स्थित सुनकोशी जलविद्युत केन्द्रको ड्याम साइट नजिकै महिलाको शव भेटिएको हो ।

इलाका प्रहरी कार्यालय बाह्रविसेका इन्स्पेक्टर सुमेश पाण्डेले शव भेटिएको स्थान दुर्घटनास्थलबाट अन्दाजी १५ किलोमिटरभन्दा तल रहेको बताए ।

स्थानीयले शव देखिएको खबर गरेपछि पुगेको प्रहरीले उक्त शव शुक्रबार भोटेकोशीमा खसेको गाडीमा सवार बाह्रबिसे नगरपालिका-९ बस्ने ३६ वर्षीया सुन्तली भनिने सुनिता तामाङ नै रहेको खुलेको थियो ।

गाडीका चालक भने अझै बेपत्ता छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077