Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

कुपण्डोलमा सडक फुटेर पानी निस्कियो

कुपण्डोलमा सडक फुटेर पानी निस्कियो

शनिवार , भाद्र २९, २०८१

काठमाडौं । ललितपुरको कुपण्डोलमा सडक फुटेर पानी बगेको छ ।

कुपण्डोलबाट पुल्चोतर्फ जाँदा होटल हिमालय अगाडिको सडक फुटेर पानी निस्केको हो ।

पाटन ढोकातर्फ जाने सडक र पुल्चोकतर्फ आउने सडक बीचमा रहेको पार्कको छेउबाट सडक भासिएर पानी बाहिर निस्किएको छ ।

सडकबाट पानी निस्कदा गाडी तथा मोटरसाइकल चालक र सडक छेउका व्यापारीहरु समस्यामा परेका छन् ।

उक्त पानी ढल फुटेर हो वा मेलम्ची आयोजनाको पाइप फुटेर सडकमा निस्केको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077