Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

दाउरा सङ्कलन गर्ने क्रममा महाकाली नदीमा दुई जना बेपत्ता

दाउरा सङ्कलन गर्ने क्रममा महाकाली नदीमा दुई जना बेपत्ता

शनिवार , भाद्र २९, २०८१

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका-१२ स्थित महाकाली नदीमा दुई किशोर बगेका छन्।

महाकाली नदीबाट दाउरा सङ्कलन गर्ने क्रममा दुई किशोर बगेर बेपत्ता भएका हुन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज दिउँसो भीमदत्त-१२ का १८ वर्षीय सौरभ दमाइ र सोही ठाउँका १५ वर्षीय अबि दमाइ दाउरा सङ्कलन गर्ने क्रममा महाकाली नदीमा बगेका हुन्।

बगेकामध्ये सौरभको शव फेला परेको छ । दोधारा चाँदनी झोलुङ्गे पुल नजिक महाकाली किनारमा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

महाकालीमा बगेका अर्का किशोर अबिको अवस्था अज्ञात छ । स्थानीय र सुरक्षाकर्मीले उनको खोजी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077