Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • दाउरा सङ्कलन गर्ने क्रममा महाकाली नदीमा दुई जना बेपत्ता

    दाउरा सङ्कलन गर्ने क्रममा महाकाली नदीमा दुई जना बेपत्ता

    अनलाइन नेपाल
  • शनिबार, २९ भाद्र २०८१
  • 117
    SHARES

    कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका-१२ स्थित महाकाली नदीमा दुई किशोर बगेका छन्।

    महाकाली नदीबाट दाउरा सङ्कलन गर्ने क्रममा दुई किशोर बगेर बेपत्ता भएका हुन्।



    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज दिउँसो भीमदत्त-१२ का १८ वर्षीय सौरभ दमाइ र सोही ठाउँका १५ वर्षीय अबि दमाइ दाउरा सङ्कलन गर्ने क्रममा महाकाली नदीमा बगेका हुन्।



    बगेकामध्ये सौरभको शव फेला परेको छ । दोधारा चाँदनी झोलुङ्गे पुल नजिक महाकाली किनारमा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

    महाकालीमा बगेका अर्का किशोर अबिको अवस्था अज्ञात छ । स्थानीय र सुरक्षाकर्मीले उनको खोजी गरिरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार