Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • खोलाले बगाउँदा एक जनाको मृत्यु

    खोलाले बगाउँदा एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, २९ भाद्र २०८१
  • 105
    SHARES

    फाइल फोटो

    पाल्पा । पाल्पाको माथागढी गाउँपालिका–४ स्थित झुम्सा खोलाले बगाएर शुक्रबार एक पुरुषको मृत्यु भएको छ ।

    खोलाले बगाएर तिनाउ गाउँपालिका–४, बिजनचौर स्थायी ठेगाना भएका ५३ वर्षीय शेरबहादुर चौहानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए ।



    खोला तर्ने क्रममा चौहानलाई बगाएको हो । उनको शव १५० मिटर तल खोलाको बीच भागमा भेटिएको थियो ।



    शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार