Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

खोलाले बगाउँदा एक जनाको मृत्यु

खोलाले बगाउँदा एक जनाको मृत्यु

शनिवार , भाद्र २९, २०८१

पाल्पा । पाल्पाको माथागढी गाउँपालिका–४ स्थित झुम्सा खोलाले बगाएर शुक्रबार एक पुरुषको मृत्यु भएको छ ।

खोलाले बगाएर तिनाउ गाउँपालिका–४, बिजनचौर स्थायी ठेगाना भएका ५३ वर्षीय शेरबहादुर चौहानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए ।

खोला तर्ने क्रममा चौहानलाई बगाएको हो । उनको शव १५० मिटर तल खोलाको बीच भागमा भेटिएको थियो ।

शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077