Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

ठमेलमा अनैतिक गतिविधि गर्ने ३२ जना पक्राउ, प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोप

ठमेलमा अनैतिक गतिविधि गर्ने ३२ जना पक्राउ, प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोप

मंगलवार , आषाढ २, २०८३

काठमाडौं । पर्यटकीय क्षेत्र ठमेलमा अनैतिक गतिविधि तथा अभद्र व्यवहारमा संलग्न रहेको आरोपमा प्रहरीले ३२ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार ठमेलको नरसिंहचोकस्थित सार्वजनिक सडक क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारणलाई लक्षित गरी अनावश्यक रूपमा बाटो छेक्ने, अश्लील क्रियाकलापका लागि मोलमोलाइ गर्ने तथा दुःख–हैरानी दिने कार्य भइरहेको सूचनाका आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले मंगलबार उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले सम्झाइबुझाइ गर्ने क्रममा पक्राउ परेकाहरूले प्रहरीमाथि नै जाइलाग्ने र अभद्र व्यवहार गरेको आरोप पनि लगाइएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार पक्राउ परेका ३२ जनाविरुद्ध ‘अभद्र व्यवहार गर्न नहुने’ कसुरअन्तर्गत जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद थप अनुमति लिइएको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पर्यटकहरूको प्रमुख गन्तव्य मानिने ठमेल क्षेत्रमा पछिल्लो समय सार्वजनिक स्थानमा हुने अनैतिक तथा अवाञ्छित गतिविधि नियन्त्रण गर्न प्रहरीले निगरानी र कारबाहीलाई तीव्र बनाएको जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077