Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

प्रतिवेदनलाई अन्तिम रूप दिने सहकारी छानबिन विशेष समितिको तयारी

प्रतिवेदनलाई अन्तिम रूप दिने सहकारी छानबिन विशेष समितिको तयारी

शुक्रवार , भाद्र २८, २०८१

काठमाडौं । सहकारीको बचत अपचलन र ठगीको छानबिन गरिरहेको संसदीय विशेष समितिले प्रतिवेदनलाई अन्तिमरूप दिनेगरी छलफल अगाडि बढाएको छ ।

समितिको ६०औं बैठकमा प्रतिवेदनलाई अन्तिमरूप दिनेगरी छलफल भएको हो । शुक्रबार बैठक बसेर प्रतिवेदनलाई अन्तिम रूप दिने तयारी भइरहेको समिति सभापति सूर्य थापाले बताए ।

आज अपरान्ह ४ बजे गृहमन्त्री रमेश लेखक, गृह सचिव गोकर्णमणि दुवाडी र प्रहरी प्रमुखसहितलाई समितिमा बोलाइएको छ ।

फरार सूचीमा रहेकाहरूलाई विदेशबाट ल्याउन साउन १३ गतेको बैठकमा दिइएको निर्देशन कार्यान्वयनका बारेमा उनीहरूसँगको छलफल केन्द्रित हुने सभापति थापाले बताए ।

यसअघि समितिले सहकारी दुरुपयोगमा आरोपित, पीडित, सरोकारवाला निकाय लगायतसँग विभिन्न चरणमा छलफल गरेको थियो ।

यस अगाडि तोकिएको तीन महिनाभित्र प्रतिवेदन तयार हुन नसकेपछि प्रतिनिधिसभाले १५ दिनको म्याद थप गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077