Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

मितेरी सहकारीका अध्यक्ष कुम्मराजसँग संसदीय समितिले गर्र्‍यो छलफल

मितेरी सहकारीका अध्यक्ष कुम्मराजसँग संसदीय समितिले गर्र्‍यो छलफल

शुक्रवार , भाद्र २८, २०८१

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न बनेको संसदीय विशेष समितिले मितेरी सहकारीका अध्यक्ष कुम्मराज गुरुङसँग छलफल गरेको छ ।

रकम हिनामिना प्रकरणमा कांग्रेस उपसभापति धनराज गुरुङ मुछिएको मितेरी सहकारीका अध्यक्ष गुरुङसँग विशेष समितिले छलफल गरेको हो।

समितिले ललितपुरको महालक्ष्मीस्थानमा पुगेर स्थलगत निरीक्षणपछि अध्यक्ष गुरुङसँग छलफल गरेको सभापति सूर्य थापाले बताए।

उक्त सहकारीको रकम हिनामिना प्रकरणमा कांग्रेसका उपसभापति गुरुङ र उनकी पूर्वपत्नी ज्योति गुरुङ मुछिँदै आएका छन्।

सहकारीको साढे १२ करोड हिनामिना गरेको भन्दै ज्योति गुरुङसहित ५ जनाविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा उजुरी परेको छ।

समितिले बिहीबार कार्यविधि अनुसार ३ वटा सरकारी निकाय र १३ वटा सहकारी संस्थाहरूको स्थलगत निरीक्षण गरेको छ ।

सहकारी विभाग र सहकारी प्रशिक्षण केन्द्र, नयाँ बानेश्वर तथा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय,बुद्धनगरको समितिले स्थलगत अनुगमन गरेको छ ।

त्यस्तै स्वर्णलक्ष्मी, सुमेरु, सिभिल, गौतमश्री, कान्तिपुर कोअपरेटिभ, नेपाल सहकारी वित्तीय संस्था, मितेरी, लालीगुराँस, गोरखा सेभिङ, शिवशिखर र नागरिक विकास सहकारीको स्थलगत निरीक्षण, अवलोकन र वस्तुगत अवस्थिति अध्ययन गरेको समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077