Online Nepal
  • मंगलबार, ८ असोज २०८१
  • चौरपाटी गाउँपालिकाको नयाँ हाकिममा विभाकर, थापा निमित्तबाट ‘आउट’ !

    चौरपाटी गाउँपालिकाको नयाँ हाकिममा विभाकर, थापा निमित्तबाट ‘आउट’ !

    अनलाइन नेपाल
  • बिहिबार, २७ भाद्र २०८१
  • 1.3K
    SHARES

    अछाम । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अछामको चौरपाटी गाउँपालिकासहित तीनवटा पालिकामा नयाँ हाकिम पठाएको छ ।

    मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेका चौरपाटीसहित मेल्लेख गाउँपालिका र बान्नीगढी जयगढ गाउँपालिकामा शाखा अधिकृतहरुलाई पदस्थापन गरेको हो ।



    अब उनीहरुले एक हप्ताभित्र कार्यभार सम्हाल्ने बताइएको छ । मन्त्रालयले चौरपाटीमा विभाकर मिश्र, मेल्लेखमा नवराज वली र बान्नीगढी जयगढमा किरण चौधरीलाई प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाएको हो ।



    योसँगै अब अछामका १० वटै स्थानीय तहले हाकिम पाएका छन् । यी तीनवटा पालिकामा लामो समय सम्म प्रमुख प्रशासकीय अधिकृत नहुँदा महत्त्वपूर्ण कामकाज प्रभावित हुँदै आएका थिए ।

    यता चौरपाटीमा नयाँ हाकिम आउने भएसँगै निमित्त प्रमुख प्रशासकीय अधिकृतबाट धन बाहदुर थापा बाहिरिने भएका छन् । अहिलेसम्म उनी पालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेर बसेका थिए । तर उनले आफूलाई प्रमुख प्रशासकीय अधिकृत भनेर लेख्ने गरेका थिए ।

    विगतका वर्षमा बेलाबेला नयाँ हाकिम आए पनि टिक्न भने सकेका थिएनन् । एक वर्ष अगाडी पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत पठाएको थियो । तर उनलाई विभिन्न आरोप लगाएर हटाइएको आरोप लागेको थियो । निमित्तको रुपमा थापाले यहाँ करिब ४/५ वर्ष काम गरिसकेका छन् ।

    उनी यसभन्दा अगाडीका अध्यक्षका पनि प्यारा रहेको आरोप लागेको थियो । त्यसपछि निर्वाचनमा थापालाई हटाउने नारा लगाएको कांग्रेसले पनि चुनाव जितेपछि काखी च्यापेको आरोप छ । अझै पनि उनको कार्य शैलीमाथि प्रश्न उठ्ने गरेका छन् ।

    अघिल्लो पटक पनि उनले आफू निमित्तमै बस्न चलखेल गरेर प्रमुख प्रशासकीय अधिकृतलाई हटाएको आरोप थियो । थापासँग अहिले पनि त्यहाँ कार्यरत कतिपय कर्मचारीहरु समेत सन्तुष्ट छैनन् । अझै पनि नयाँ हाकिमलाई कति दिनसम्म टिक्न दिन्छन् भन्नेमा आशंका उब्जिएको छ ।

    यसभन्दा अगाडी पालिकामा हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत विष्णु थापाको एक महिना नपुग्दै सरुवा गरिएको थियो । यो पटक पनि त्यस्तै चलखेल हुने होकी भन्नेमा नागरिकले चिन्ता व्यक्त गर्न थालेका छन् । फेरि पनि थापालाई नै निमित्त बनाउन चलखेल हुनसक्ने आशंका गरिएको छ ।

    प्रमुख प्रशासकीय अधिकृत पालिकामा धेरै महत्त्वपूर्ण भूमिका निभाउँछन् । उनीहरूको उपस्थितिले पालिकाको कार्यसम्पादनमा विभिन्न किसिमका फाइदा पुग्ने बताइन्छ ।

    प्रमुख प्रशासकीय अधिकृतले पालिकाका प्रशासनिक गतिविधिहरूलाई सुव्यवस्थित र प्रभावकारी बनाउँछन् । उनीहरूको नेतृत्वमा कर्मचारीहरू राम्रो व्यवस्थापनमा हुन्छन्, जसले काममा द्रुतता र गुणस्तर ल्याउने विश्वास गरिन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार