Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • एकै पटक खटाईयो १०० गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत (सूचीसहित)

    एकै पटक खटाईयो १०० गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत (सूचीसहित)

    अनलाइन नेपाल
  • बिहिबार, २७ भाद्र २०८१
  • 537
    SHARES

    काठमाडौं । सरकारले रिक्त रहेका १०० वटा स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतहरु खटाएको छ ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज एकैपटक १०० जना शाखा अधिकृतहरुको पदस्थापन गर्दै जिम्मेवारी तोकेको हो ।



    शाखा अधिकृतमा १०६ जना नियुक्त भएकोमा ३ जना अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् भने ३ जना स्वास्थ्य तथा पारिवारिक समस्याका कारण मन्त्रालयमा अतिरिक्त समूहमा राखिएको छ ।



    मन्त्रालयका अनुसार १२३ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत रहेकोमा १०० पठाइएको र बाँकी २३ गाउँपालिका मात्रै प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेका छन् ।

    रिक्त रहेका २३ गाउँपालिकामा पनि जतिसक्दो चाडै प्रमुख प्रशासकीय अधिकृत पठाउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार