Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

एकै पटक खटाईयो १०० गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत (सूचीसहित)

एकै पटक खटाईयो १०० गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत (सूचीसहित)

बिहिवार , भाद्र २७, २०८१

काठमाडौं । सरकारले रिक्त रहेका १०० वटा स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतहरु खटाएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज एकैपटक १०० जना शाखा अधिकृतहरुको पदस्थापन गर्दै जिम्मेवारी तोकेको हो ।

शाखा अधिकृतमा १०६ जना नियुक्त भएकोमा ३ जना अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् भने ३ जना स्वास्थ्य तथा पारिवारिक समस्याका कारण मन्त्रालयमा अतिरिक्त समूहमा राखिएको छ ।

मन्त्रालयका अनुसार १२३ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत रहेकोमा १०० पठाइएको र बाँकी २३ गाउँपालिका मात्रै प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेका छन् ।

रिक्त रहेका २३ गाउँपालिकामा पनि जतिसक्दो चाडै प्रमुख प्रशासकीय अधिकृत पठाउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077