Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

दार्चुलामा जीप दुर्घटना हुँदा १० जना घाइते

दार्चुलामा जीप दुर्घटना हुँदा १० जना घाइते

बिहिवार , भाद्र २७, २०८१

दार्चुला । दार्चुलामा जीप दुर्घटना हुँदा १० जना घाईते भएको छ ।

गोकुलेश्वरबाट दार्चुला सदरमुकामतर्फ आउँदै गरेको से १ ज १०२२ नम्बरको जीप मालिकार्जुन गाउँपालिका-८ धामीगाडामा दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार धामीगाडामा जिप अनियन्त्रित भई सडक छेउ नालीमा उल्टिँदा जिपमा सवार १० जना घाइते भएका छन्।

घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । घाइतेहरूको ठेगाना खुल्न सकेको छैन् ।

जिप दुर्घटना भएको खबर पाउने वित्तिकै प्रहरी चौकी पस्तीबाट प्रहरी घटनास्थलतर्फ खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077