Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

एनसेलद्वारा ठाकुरापुरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना

एनसेलद्वारा ठाकुरापुरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना

बिहिवार , भाद्र २७, २०८१

काठमाडौं । टेलिफोन सेवा प्रदायक कम्पनी एनसेल निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ।

एनसेलले आफ्नो सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु अन्तर्गत कपिलवस्तुको बाणगंगा नगरपालिका ४, ठाकुरापुरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो।

शिविरमा तीन सयभन्दा बढी स्थानीयले निःशुल्क स्वास्थ्य परामर्श तथा सेवा लिएका थिए । नेपाल हृदयरोग निवारण प्रतिष्ठानसँगको सहकार्यमा शिविर आयोजना गरिएको हो ।

एनसेलकी कर्पोरेट कम्युनिकेशन एन्ड सीएसआर हेड, विशाखा लक्ष्मी खड्काले भनिन् ,'एनसेल एक जिम्मेवार कपोरेट नागरिक हो र हामीले समुदायका मानिसहरुका लागि फाइदा हुने काम गर्न सधैं प्रतिबद्ध रहेका छौं । यसै अनुरुप हामीहरुले सातै प्रदेशमा विभिन्न स्थानीय समुदायका मानिसहरुलाई ध्यानमा राख्दै विभिन्न सामाजिक विकासका कार्यहरु गर्दै आएका छौं । हाम्रा परियोजनाहरुले समुदायको विकासका लागि योगदान पुर्याउने कुरामा हामी विश्वस्त छौं।'

शिविरमा स्थानीयले मुटु रोग सम्बन्धी विशेषज्ञ डाक्टरहरुबाट मुटु रोग लगायत अन्य विभिन्न रोगका विशेषज्ञसँग परामर्श गायत इसीजी, मधुमेह तथा रक्तचापको जाँच सेवा पाएका थिए ।

शिविरमा आएका मानिसहरुले परामर्श अनुसारको आवश्यक औषधि पनि निःशुल्क वितरण गरिएको थियो ।

एनसेलले सीएसआरअन्तर्गत सातै प्रदेशमा विभिन्न सामाजिक विकासका आयोजनाहरु सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077