Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सामान्य अंकले नेप्से बढ्दा १३ अर्बमा खुम्चियो कारोबार

सामान्य अंकले नेप्से बढ्दा १३ अर्बमा खुम्चियो कारोबार

बुधवार , भाद्र १२, २०८१

काठमाडौं । साताको चौंथो बारोबार दिन आज सेयर बजार परिसूचक नेप्सेमा सामान्य अंकले सुधार आएको छ।

नेप्से परिसूचक ३.८० अंकले बढेर २७८६.४० विन्दुमा अडिएको हो।

नेप्सेमा सामान्य सुधार आएपनि कारोबार रकम भने मंगलबारको तुलनामा कम छ।

यसदिन ३२६ स्क्रिप्सको ३ करोड ५० लाख ७ हजार ३९ कित्ता सेयर १३ अर्ब ७२ करोड ७३ लाख ६८ हजार ३९३ रुपैयाँमा खरिदबिक्री भए।

मंगलबार १८ अर्ब ६४ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।

सामान्य अंकले बढेको सेयर बजारमा तीन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

लिबर्टी इनर्जी,हिमालयन हाइड्रोपावर र मिड सोलु हाइड्रोपावरको सेयर १० प्रतिशतले बढ्यो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077