Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • एनआईसी एशिया बैंकले पायो ‘बेस्ट डिजीटल बैंकिङ अवार्ड’

    एनआईसी एशिया बैंकले पायो ‘बेस्ट डिजीटल बैंकिङ अवार्ड’

    अनलाइन नेपाल
  • मंगलबार, ११ भाद्र २०८१
  • 210
    SHARES

    काठमाडौं । एनआईसी एशिया बैंकले ‘बेस्ट इन डिजिटल बैंकिङ’ अवार्ड प्राप्त गरेको छ । बैंकले द्दलम क्ष्ऋऋ भ्mभचनष्लन ब्कष्ब द्यबलपष्लन ब्धबचमक अन्तर्गतको उक्त अवार्ड प्राप्त गरेको हो ।

    ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवाहरू क्रमिक रुपले डिजिटल माध्यममा रुपान्तरण गरिरहेको एनआईसीलाई प्राप्त उक्त पुरस्कारले डिजिटल बैंकिङमा अझ बढी उत्पे्ररणा प्रदान गरेको बैंकले एक विज्ञप्तिमार्फत जनाएको छ ।



    इण्डियन चेम्बर अफ कमर्सको 2nd ICC Emerging Asia Banking Awards अन्तर्गत २०२४ अगष्ट २३ मा भारतको नयाँ दिल्लीमा आयोजना गरिएको ‘बैंकिङ्ग कनक्लेभ २०२४’ कार्यक्रममा एनआईसीलाई उक्त अवार्ड प्रदान गरिएको थियो ।



    अवार्डमा विमस्टेक अन्तर्गतका राष्ट्रहरु नेपालसहित भारत, श्रीलंका, भुटान, म्यानमारलगायतका देशहरुका बैंकहरुले प्रतिस्पर्धा गरेका थिए ।

    यी देशका बैंकहरुले विभिन्न आठ विधामा प्रतिस्पर्धा गरेका थिए, जसमा नेपालबाट यस बैंकले उक्त अवार्ड प्राप्त गर्न सफल भएको हो ।
    यस अवार्डमा उत्कृष्ट बैंक छनौट गर्नका लागि इण्डियन च्याम्बर अफ कमर्स अन्तर्गतको आर्थिक मामिला तथा नीति विभागले विभिन्न १७ वटा सूचकहरु निर्धारण गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार