Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

भृकुटीमण्डपमा १६औँ संस्करणको नाडा अटो शो सुरु, ९५ वटा कम्पनीहरूको सहभागिता

भृकुटीमण्डपमा १६औँ संस्करणको नाडा अटो शो सुरु, ९५ वटा कम्पनीहरूको सहभागिता

मंगलवार , भाद्र ११, २०८१

काठमाडौं। राजधानीको भृकुटीमण्डपमा १६औँ संस्करणको नाडा अटो शो २०२४ आजदेखि सुरु भएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले एक कार्यक्रमबिच नाडा अटो शोको उद्घाटन गरेका हुन् ।

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा प्रत्येक वर्ष आयोजना हुँदै आएको अटो शो यो वर्ष भदौ १६ गतेसम्म ६ दिन चल्नेछ ।

टाटा ईभी मुख्य प्रायोजक र शिखर इन्स्योरेन्स र सर्बो लुब्रिकेन्ट सहप्रायोजक रहेको नाडा अटो शो २०२४ मा साना ठूला गरि १३० वटा स्टल रहने छन् भने ९५ वटा अटोमोबाइल ब्रान्ड तथा अटो कम्पोनेन्ट कम्पनीहरूको सहभागिता रहने आयोजक नाडाले जनाएको छ ।

यस वर्षको प्रदर्शनीमा २४ चार पाङ्गे ब्रान्डहरू, १९ दई पाङ्ग्रे ब्रान्डहरू र १२ हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू प्रदर्शन गरिने नाडाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077