Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

तोलामा एक सय रूपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

तोलामा एक सय रूपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

सोमवार , भाद्र १०, २०८१

काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदीको मूल्य सामान्य घटेको छ।

आइतबार प्रतितोला एक हजार रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला एक सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख ५२ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ।

आइतबार प्रतितोला एक हजार आठ सय ५० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला एक हजार आठ सय ४० रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ घटेको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077