Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

नेप्सेमा उच्च अंकको गिरावट, १९ अर्बमा खुम्चियो कारोबार

नेप्सेमा उच्च अंकको गिरावट, १९ अर्बमा खुम्चियो कारोबार

आइतवार , भाद्र ९, २०८१

काठमाडौं । साताको पहिलो कारोबार दिन आज सेयर बजारको परिसूचक नेप्सेमा उच्च अंकको गिरावट आएको छ।

अघिल्लो कारोबार दिनको तुलनामा नेप्से परिसूचक ७९.८८ अंक घटेको हो ।

सो गिरावटपछि नेप्से २८९४ अंकमा झरेको छ । केही दिनअघि ३० अर्ब हाराहारी पुगेको कारोबार रकम बिहीबारजस्तै आज पनि १९ अर्ब ७४ करोडमा सीमित भएको छ ।

१८४ कम्पनीको शेयर मूल्यमा गिरावट आउँदा ६० कम्पनीको शेयर मूल्य वृद्धि भएको छ ।

ठूलो करेक्सनविनै ३ हजार बिन्दु छोएको नेप्से केही दिनयता साइडवेजमा चल्दै आएको थियो।

आइतबार नेप्सेले २९ सय बिन्दुलाई छाडेर तल झरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077