Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

घट्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

शुक्रवार , भाद्र ७, २०८१

काठमाडौं । साताको अन्तिम दिन आज नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ।

अघिल्लो दिन प्रतितोला एक हजार एक सय रूपैयाँ घटेको सुनको भाउ यस दिन प्रतितोला पाँच सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५१ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख ५१ हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ।

बिहीबार प्रतितोला १८ सय ३० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १८ सय १५ रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ घटेको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077