Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

तोलामा ११०० रूपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

तोलामा ११०० रूपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बिहिवार , भाद्र ६, २०८१

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।

बुधबार प्रतितोला आठ सय रूपैयाँ बढेर नयाँ रेकर्ड बनाएको सुनको भाउ यसदिन प्रतितोला एक हजार एक सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५१ हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख ५३ हजार रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, सोमबार चाँदीको मूल्य भने सामान्य घटेको छ।

बुधबार प्रतितोला एक हजार आठ सय ३५ रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला एक हजार आठ सय ३० रूपैयाँमा किनबेच भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077