Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सामान्य अंकले नेप्से बढ्दा १८ अर्बमा खुम्चियो कारोबार

सामान्य अंकले नेप्से बढ्दा १८ अर्बमा खुम्चियो कारोबार

बुधवार , भाद्र ५, २०८१

काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज सामान्य अंकले बढेर बन्द भएको छ।

नेप्से परिसूचक २.११ अंकले बढेर २९६८.४४ विन्दुमा अडिएको हो।

साताको पहिलो कारोबार दिन आइतबार नेप्से ३४.४७ अंकले घटेर २९६६.३३ विन्दुमा पुगेको थियो।

सो दिन २८ अर्ब ८३ करोडको सेयर कारोबार भएको थियो। त्यसपछि सोमबार र मंगलबार दुई दिन लगातार सार्वजनिक बिदा परेकाले कारोबार भएन।

आज ३३७ स्क्रिप्सको ४ करोड १४ लाख ५४ हजार ६११ कित्ता सेयर १८ अर्ब ९० करोड ६३ लाख ७३ हजार ७९२ रुपैयाँमा खरिदबिक्री भयो।

कारोबार रकम आइतबारको तुलनामा कम हो। सामान्य अंकले बढेको बजारमा पाँचवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

कारोबार रकमका आधारमा हिमालयन इन्स्योरेन्स शीर्षस्थानमा रह्यो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077