Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

पोखराको लेकसाइडमा अंशुभराको '३१ एभिन्यू' आउँदै

पोखराको लेकसाइडमा अंशुभराको '३१ एभिन्यू' आउँदै

आइतवार , भाद्र २, २०८१

काठमाडौं । पर्यटकीय राजधानी पोखरामा अंशुभरा ग्रुपले 'मिक्सड युज ब्लिडिङ' निर्माण गर्ने भएको छ ।

पोखरा महानगरपालिका-६ को बाराही चोकमा अंशुभरा ग्रुपले मिक्सड युज ब्लिडिङ बनाउन लागेको हो।

केही महिनामै प्रोजेक्ट सम्पन्न भएर सञ्चालनमा आउने अंशुभराका प्रबन्ध निर्देशक सौगात थापाले बताए ।

पर्यटकीय केन्द्रको आकर्षण रहेको बाराही चोकमा मिक्सड युज ब्लिडिङ हाल निर्माणाधीन अवस्थामा रहेको उनले बताए ।

अंग्रेजी नयाँ वर्षको अवसर मिक्सड युज ब्लिडिङ संञ्चालनमा आउने बताईएको छ ।

प्रबन्ध निर्देशक थापाले भने,'यो निर्माण भइरहेको प्रोजेक्ट नेपालमा फरक प्रकृतिको हो । नयाँ मोडलको व्यावसायिक भवनले पोखराको फरक पहिचान बोक्छ। यसले ग्राहकलाई फरक खालको अनुभूति दिनेछ । मुलुकका विभिन्न ठाउँमा खुलेका सपिङ मलमा सपिङ गर्न तथा खाना पाइने हुन्छ तर यसमा होटल पनि रहनेछ। पर्यटकहरुले यस भवनबाट सबैथोकको सुविधा पाउने छन् । यसमा सपिङ्गदेखि होटल सम्मको सेवा उपलब्ध हुनेछ।'

अंशुभरा ३१ औँ वर्षको यात्रामा प्रवेश गरेकाले यसलाई ३१ एभिन्यु नामकरण गरिएको अंशुभरा ग्रुपका निर्देशक थापाले बताए । उक्त भवनमा २० कोठासहितको फरक प्रकृतिको होटलसमेत सञ्चालनमा ल्याइने छ ।

निर्देशक थापाका अनुसार तीनवटा रेष्टुरेण्ट र एउटा बार रहने छ भने पाँच वटा रिटेल पसल हुनेछन्। विभिन्न ब्राण्डका लुगा पसल, ह्ययान्डिक्राफ्ट र क्याफे सञ्चालनमा ल्याइने ।

जग्गासहितको ६० करोडको लगानीमा उक्त भवन सञ्चालन हुन लागेको उनले बताए। अंशुभराले यसअघि पोखरामा नेपालको सबैभन्दा ठूलो पोखरा ट्रेड मल सञ्चालनमा ल्याइसकेको छ।

जुन मलमा ५ सय २५ वटा पसलहरू सञ्चालनमा रहेका छन् । यसअघि लेकसाइडमा अंशुभरा ग्रुपले 'अंशुभरा स्क्वायर' व्यावसायिक मल सञ्चालनमा ल्याइसकेको छ ।

यस अंशुभराले अटोमोबाइल, रियल स्टेट, हस्पिटालिटी र वित्तीय संस्थामा लगानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077