Online Nepal
  • मंगलबार, ६ कार्तिक २०८१
  • पेट्रोलियम पदार्थको मूल्य घट्यो, प्रतिलिटर कति ?

    पेट्रोलियम पदार्थको मूल्य घट्यो, प्रतिलिटर कति ?

    अनलाइन नेपाल
  • बिहिबार, ३१ साउन २०८१
  • 10.5K
    SHARES

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।

    आज राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर पाँच रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटाएको हो ।



    मूल्य घटेसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६२.५० रुपैयाँ र डिजेलको मूल्य १५२.५० रुपैयाँ कायम भएको छ ।



    दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १६४ र डिजेलको मूल्य १५४ रुपैयाँ कायम भएको छ ।

    निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट आज पेट्रोलको मूल्य प्रतिलिटर पाँच रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर २.९६ रुपैयाँले घटेर आएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार