Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

माओवादीको पदाधिकारी बैठक आज सकिँदै, अध्यक्ष प्रचण्डले जवाफ दिने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज सकिँदै छ ।

शुक्रबारदेखि जारी बैठकमा आज अध्यक्ष प्रचण्डले जवाफ दिएर सकिन लागेको हो । नेताहरूले उठाएको प्रश्नको आज दिउँसो १ बजे बस्ने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिने छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकमा पदाधिकारीहरूले पार्टी वर्गीय धरातलमा फर्किनुपर्ने, शुद्धीकरणलाई प्रभावकारी रूपमा कार्यान्वयन गरेर संगठन निर्माण र जनपरिचालन गर्नुपर्नेमा जोड दिएका थिए ।

संगठन निर्माणका लागि सरकारबाट बाहिरिएपछिको अवस्था सकारात्मक रहेको भन्दै नेताहरूले त्यसका लागि माथिबाटै पहल गर्नुपर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077