काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज दोहोरो अंकले घटेर बन्द भएको छ।
लगातारको वृद्धिमा ब्रेक लाग्दै सोमबार नेप्से सूचक २०.४६ अंकले घटेको हो ।
सो अंकको गिरावटपछि नेप्से परिसूचक २६६० अंकमा झरेको छ । तीन पटकसम्म २७०० नाघेको बजार अन्ततः घटेर बन्द भएको हो ।
नेप्सेमा करेक्सन आएपनि कारोबार रकम भने आइतबारको तुलनामा वृद्धि भएको छ।
सोमबार १९ अर्ब ६० करोड ९१ लाख रुपैयाँ बराबरको ४ करोड ७७ लाख ९० हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको छ ।
सबैभन्दा बढी शिभम् सिमेन्टको ६१ करोड १२ लाख ८६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
सोमबार दोस्रो र तेस्रोमा कुमारी बैंकको ५५ करोड २२ लाख ७६ हजार रुपैयाँ र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३९ करोड १८ लाख १९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।