Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • माओवादी केन्द्रको बैठक : समसामयिक विषयमा छलफल

    माओवादी केन्द्रको बैठक : समसामयिक विषयमा छलफल

    अनलाइन नेपाल
  • शनिबार, १२ साउन २०८१
  • 516
    SHARES

    काठमाडौं । सरकारबाट बाहिरिएपछिको अवस्थाका बारेमा छलफल गर्न र आउँदो कार्यक्रम निर्धारण गर्ने लक्ष्यका साथ प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय पदाधिकारीको बैठक शनिबार पनि बस्यो ।

    पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, सरकारबाट बाहिरिएको स्थिति र नयाँ कार्यक्रम तय गर्ने विषयमा छलफल गरिएको थियो ।



    १६ देखि २५ वर्षको जनसंख्या झन्डै ६१ लाखलाई ‘जनयुद्ध’ गणतन्त्रलगायत परिवर्तनका विषयलाई केन्द्रमा राखेर संगठन निर्माण र जनपरिचालन गर्ने विषयमा बैठकमा छलफल गरियो । पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाका अनुसार, शनिबार बैठकमा उपाध्यक्ष पम्फा भुसाल र उपमहासचिव शक्ति बस्नेतले आफ्नो धारणा राखेका थिए ।



    उनीहरूले मुलुकको पछिल्लो राजनीतिक अवस्था, पार्टी निर्माण, संगठन र जनपरिचालनलगायत विषयमा आफ्नो धारणा राखेका थिए । विज्ञान, प्रविधिको विकास र पछिल्लो पुस्तालाई समेत केन्द्रमा राखेर संगठन निर्माण, पार्टीका कार्यक्रम तय गर्नुपर्नेमा बैठकमा नेताहरूले जोड दिएका थिए ।

    पदाधिकारीको पछि पार्टीको स्थायी कमिटी बस्ने र लगत्तै केन्द्रीय कमिटीको बैठक समेत तय गरेर आउँदो दिनका कार्यक्रम निर्धारण गरिने प्रवक्ता सापकोटाको भनाइ छ ।

    शुक्रबारदेखि माओवादी केन्द्रको पदाधिकारीको बैठक सुरु भएको हो । पदाधिकारीमा रहेका ६ नेताले शुक्रबार आफ्नो धारणा राखेका थिए । बैठक आइतबार पुनः बस्ने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार