Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

साताको अन्तिम कारोबार दिन ३२ अंकले बढ्यो नेप्से , १४ अर्बमाथिको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर परिसूचक नेप्से दोहोरो अंकले बढेर बन्द भएको छ।

नेप्से परिसूचक ३२.०० अंकले बढेर २५६८.११ विन्दुमा अडिएको हो।

सेन्सेटिभ इण्ड‍ेक्स ७.०९ अंकले बढेर ४६०.०३ विन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिन बुधबार नेप्से परिसूचक २७.३२ अंकले घटेर २५३६.११ विन्दुमा पुगेर बन्द भएको थियो।

यसदिन ३२० स्क्रिप्सको ३ करोड ५५ लाख ९४ हजार ८६८ कित्ता सेयर १४ अर्ब १३ करोड ७८ लाख ९९ हजार ४९ रुपैयाँमा खरिदबिक्री भयो।

दोहोरो अंकले बढेको सेयर बजारमा तीनवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

आज कारोबारमा आएका १४२ स्टक्सको मूल्य बढ्दा ९७वटाको घट्यो। बाँकि ३ स्टक्सको मूल्य भने स्थिर रह्यो।

सातवटा समूहको उपसूचक सकारात्मक देखिदा चारवटा समूहको उपसूचक भने नकारात्मक देखिएका छन्।

डेभलपमेन्ट,हाइड्रोपावर,इन्भेस्टमेन्ट र अदर्श समूहको उपसूचकबाहेक अन्य समूहको उपसूचक वृद्धि भएको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077