Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

२७ अंकले नेप्से घट्दा १६ अर्ब २० करोडको कारोबार

काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज दोहोरो अंकले घटेर बन्द भएको छ।

सेयर कारोबार साताको चौथो दिन बुधबार नेप्से परिसूचक २७.३२ अंकले घटेर २५३६.११ विन्दुमा अडिएको हो।

अघल्लो कारोबार दिन मंगलबा नेप्से परिसूचक ७५.३३ अंकले बढेर २५६३.४३ विन्दुमा पुगेको थियो।

सो दिन १४ अर्ब ११ करोड मूल्यको सेयर कारोबार भएको थियो। नेप्से दोहोरो अंकले ओरालो लागेपनि कारोबार रकम भने मंगलबारको तुलनामा बढी हो।

यसदिन ३११ स्क्रिप्सको ४ करोड ७ लाख ४७ हजार कित्ता सेयर १६ अर्ब २० करोड ८५ लाख ७७ हजार ३१४ रुपैयाँमा खरिदबिक्री भयो।

दोहोरो अंकले घटेको बजारमा दुई कम्पनीको सेयर सकारात्मक सर्किट लभेलमा कारोबार भयो। बोटलर्स नेपाल (तराई) र एसियन हाइड्रोपावरको सेयर १० प्रतिशतले वृद्धि भएको हो।

यसैगरी चन्द्रगिरी हिल्सको ९.९७,समृद्धि फाइनान्सको ९.६५ र आरम्भ चौतारी लघु्वित्त वित्तीय संस्थाको सेयर ९.१७ प्रतिशतले बढ्यो।

कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ३६ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077