Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सेयर बजार ५४ अंकले बढ्दा १२ अर्बमाथिको कारोबार

काठमाडौं ।साताको चौथो सेयर कारोबार दिन बुधबार नेप्से परिसूचक उच्च अंकले बढेर बन्द भएको छ।

नेप्से परिसूचक ५४.०४ अंकले बढेर २३६४.६३ विन्दुमा पुगेको हो ।

अघिल्लो कारोबार दिन मंगलबार नेप्से परिसूचक ७० अंक बढीले बढेको थियो। सोदिन ९ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।

यसदिन ३०६ स्क्रिप्सको ३ करोड २० लाख ९५ हजार ९३७ कित्ता सेयर १२ अर्ब ५ करोड ९२ लाख ६६ हजार ११३ रुपैयाँमा खरिदबिक्री भयो।

सेन्ट्रल फाइनान्सको सेयर १० प्रतिशतले बढ्दा सिंगति हाइड्रोपावरको ९.९७,आँखु खोला जलविद्युतको ९.९५,मन्दाकिनी हाइड्रोपावरको ९.९० र सीईडीबी हाइड्रोपावर डेभलपमेन्टको ९.८७ प्रतिशतले बढ्यो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077