Online Nepal
  • बुधबार, १६ असोज २०८१
  • रोहित र दीपेन्द्रसिंह ऐरीले क्यारेबियन टी–१० लिग खेल्ने

    रोहित र दीपेन्द्रसिंह ऐरीले क्यारेबियन टी–१० लिग खेल्ने

    अनलाइन नेपाल
  • सोमबार, ३१ असार २०८१
  • 291
    SHARES

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल तथा अलराउन्डर दीपेन्द्रसिंह ऐरीले म्याक्स ६० क्यारेवियन टी–१० लिग खेल्ने भएका छन् ।

    शनिबार सम्पन्न ड्राफ्टबाट रोहित मायामी लायन्स तथा दीपेन्द्र ग्रान्ड क्यामन स्टिंर्गेसमा अनुबन्ध भएका हुन् ।



    रोहितआबद्ध टोलीमा शोयब मल्लिक, ड्वायन ब्राभो, रबि भोपारा, कोरी एन्डरसन, चाडविक वाल्टन जस्ता चर्चित खेलाडी छन् । यसैगरी दीपेन्द्र आबद्ध टोलीमा एलेक्स हेल्स, रोविन उथप्पा, बेन डुक, जोसुवा लिटिल, मार्क वाट जस्ता खेलाडी छन् ।



    वेस्ट इन्डिजमा आयोजना हुने पाँच टोली सहभागी लिगको पहिलो संस्करण आगामी अगस्ट १८ बाट सुरु हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार