Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

५२अंकले नेप्से बढ्दा ७ अर्ब ६२ करोडको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन आज नेप्से परिसूचक ५२.५७ अंकले बढेको छ।

नेप्से परिसूचक दुई वर्ष यताकै उच्च विन्दुमा पुगेको हो। नेप्से २.४० प्रतिशतले बढेर २२५७.५९ विन्दुमा बन्द भएको छ ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा ५४ करोड रूपैयाँ वृद्धि भएको हो। यस दिन ३०९ वटा धितोपत्रको दुई करोड २० लाख ४७ हजार ३२७ कित्ता सेयर किनबेच भएको हो।

आइतबार २ करोड २० लाख ४७ हजार ३२७ कित्ता शेयरको खरिदबिक्री हुँदा ७ अर्ब ६२ करोड ४ लाख ९८ हजार रूपैयाँको कारोबार भयो ।

आइतबार २०१ कम्पनीको सेयर मूल्य बढेको छ भने ३६ वटाको घटेको छ। यस्तै, ५ कम्पनीको मूल्य स्थिर रहेको छ। यसदिन अधिकांश जलविद्युत कम्पनीको सेयर मूल्य बढेको छ।

रिडी पावर, माण्डु हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर, नेशनल हाइड्रोपावरको मूल्य सर्किट लेभलमा बढेको छ।

रिडी पावर र माण्डु हाइड्रोपावरको मूल्य १० प्रतिशतका दरले बढेको छ। उक्त कम्पनीहरूको सेयर मूल्य क्रमशः १८३ रूपैयाँ ७० पैसा र एक हजार ३५७ रूपैयाँ ४० पैसा कायम भएको छ।

यस्तै, हिमाल दोलखा हाइड्रोपावरको सेयरमूल्य ९.९३ प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य १४६ रूपैयाँ १० पैसा कायम भएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077