काठमाडौं । साताको पहिलो सेयर कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ।
नेप्से २१.२७ अंकले बढेर २१४०.९७ विन्दुमा पुगेको हो।
बिहीबार ६ अर्ब ४८ करोड २५ लाख ४६ हजार ९८० रूपैयाँको सेयर कारोबार भएकोमा आइतबार ६ अर्ब २९ लाख ३१ हजार ८५४ रूपैयाँको सेयर कारोबार भएको छ।
सेयर बजार दोहोरो अंकले बढेपनि कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन। यसदिन मैलुङ खोला जल विद्युतका लगानीकर्ताले भने गुमाए।
सो कम्पनीको सेयर १० प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा एनआरएन शीर्षस्थानमा रह्यो। सो कम्पनीको २१ करोड मूल्य बढीको सेयर कारोबार भयो।
हिमालयन रिइन्स्योरेन्सको १५ करोड,सीईडीबी हाइड्रोपावर डेभलपमेन्टको १३ करोड, गुडविल फाइनान्सको ११ करोड मूल्य बराबरको सेयर कारोबार भयो।
डेभलपमेन्ट बैंक,फाइनान्स र ट्रेडिङ समूहको उपसूचकबाहेक अन्यको उपसूचक सकारात्मक देखिएका छन्।