Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आज विश्वासको मत लिँदै मधेशका मुख्यमन्त्री सिंह

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज विश्वासको मत लिँदै छन् । विश्वासको मत लिन आज बिहान ११ बजे प्रदेश सभा बैठक बोलाइएको हो ।

एक महिनाअघि जेठ २५ गते ५५ जना प्रदेशसभा सदस्यको समर्थनमा उनी मधेशको मुख्यमन्त्री नियुक्त भएका थिए ।

जनमत पार्टीका सांसद सिंहलाई मुख्यमन्त्री बनाउन नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीका सांसदले समर्थन गरेका थिए ।

तर विश्वासको मत लिने समयमा केन्द्रमा गठबन्धन फेरिएको छ । गठबन्धन फेरिए पनि एमालेले विश्वासको मत दिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077