काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज विश्वासको मत लिँदै छन् । विश्वासको मत लिन आज बिहान ११ बजे प्रदेश सभा बैठक बोलाइएको हो ।
एक महिनाअघि जेठ २५ गते ५५ जना प्रदेशसभा सदस्यको समर्थनमा उनी मधेशको मुख्यमन्त्री नियुक्त भएका थिए ।
जनमत पार्टीका सांसद सिंहलाई मुख्यमन्त्री बनाउन नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीका सांसदले समर्थन गरेका थिए ।
तर विश्वासको मत लिने समयमा केन्द्रमा गठबन्धन फेरिएको छ । गठबन्धन फेरिए पनि एमालेले विश्वासको मत दिने भएको छ ।
Leave a Reply