Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

१४ अंकले नेप्से घट्दा ३ अर्ब ६० करोडको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ।

नेप्से परिसूचक १४.८३ अंकले घटेर २०३७.०९ विन्दुमा अडिएको हो।

यसदिन ३२० स्क्रिप्सको ९१ लाख ७८ हजार ८९५ कित्ता सेयर ३ अर्ब ६० करोड ७१ लाख ९८ हजार ४०७ रुपैयाँमा खरिदबिक्री भए।

दोहोरो अंकले ओरालो लागेको बजारमा कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन।

मुक्तिनाथ कृषि कम्पनीको सेयर ७.०६ प्रतिशतले बढ्दा मौलुङ खोला जल विद्युतको ५.७६,नविल ब्यालेन्सको ५.३६,लक्ष्मी उन्नतिको ४.८८ र न्यादी हाइड्रोपावरको ४.३६ प्रतिशतले बढ्यो।

कारोबार रकमका आधारमा नेपाल फाइनान्स शीर्ष स्थानमा रह्यो। सो कम्पनीको १२ करोड ८८ लाख मूल्य बराबरको सेयर कारोबार भयो।

जानकी फाइनान्स ११ करोड,युनाइटेड आइडीएल मार्दी आरबी हाइड्रोपावरको १० करोड,मुक्तिनाथ कृषिको ९ करोड र एनआरएन इन्फ्रास्टक्चरको ८ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077