Online Nepal
  • आइतबार, १३ असोज २०८१
  • महाधिवेशनअघि नेताहरूको भेटघाट सामान्य हो, कुनै गुटबन्दी छैन : झलनाथ खनाल

    महाधिवेशनअघि नेताहरूको भेटघाट सामान्य हो, कुनै गुटबन्दी छैन : झलनाथ खनाल

    अनलाइन नेपाल
  • शनिबार, १५ असार २०८१
  • 273
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीभित्र कुनै पनि गुटबन्दी नरहेको बताएका छन् ।

    महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता खनालले यस्तो बताएका हुन् ।



    महाधिवेशनको मुखमा नेताहरूबिचको भेटलाई सामान्य रुपमा लिनुपर्ने उनले बताए।



    नेता खनालले भने, ‘मलाई गुटबन्दीको कुरा आउँदैन । माधवजीले पनि गर्नुहुन्छ भन्ने लाग्दैन । कहिलेकाहीँ कमरेडहरू आएर छलफल गर्छौँ, त्यो घरमा होला, रेस्टुरेन्टमा होला । महाधिवेशनअघि यस्तो सामान्य हो । तर, यदि गुटबन्दी भएको छ भने त्यो गलत हो ।

    ’ नेता खनालले पार्टी लोकतान्त्रिक बाटोबाटै नेतृत्वबारे अन्तिम टुङ्गोमा पुग्ने जिकिर गरे ।

    उनले यसबारे पाटीभित्र छलफल गरेर निष्कर्ष निकालिने पनि बताए । २०७१ सालपछि कम्युनिस्ट आन्दोलनमा दक्षिणपन्थी अवसरवाद र यथास्थितिवाद हाबी भएको खनालको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार