Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै, बजेटमाथिको छलफल जारी रहने

    संघीय संसद्का दुवै सदनको बैठक बस्दै, बजेटमाथिको छलफल जारी रहने

    अनलाइन नेपाल
  • सोमबार, २१ जेष्ठ २०८१
  • 489
    SHARES

    काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ र राष्ट्रियसभाको बैठक मध्याह्न १२ः१५ बजे बस्न लागेको हो ।

    बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानको धारा ५३ बमोजिमको ‘नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/०८०’ पेस गर्ने कार्यसूची छ।



    बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ। हिजोदेखि जारी छालफल भोलि सकेर पास गर्ने तयारी छ।



    मध्याह्न १२ः१५ बजेका लागि बोलाइएको राष्ट्रियसभाको बैठकमा पनि राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल जारी रहने कार्यसूची रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार