Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाली मूलका रानाभाट बने लन्डनमा मेयर

एजेन्सी । बेलायतको लन्डनस्थित रोयल बरो अफ ग्रीनवीचमा नेपाली मूलका जीत रानाभाट मेयर निर्वाचित भएका छन् ।

एक साताअघि सम्पन्न बरोको साधारणसभामार्फत् रानाभाट सर्वसम्मत रुपमा मेयरमा निर्वाचित भएका हुन् । उनले बुधबार एक विशेष समारोहबीच शपथग्रहण गरे।

वुल्लीचस्थित ग्रीनवीच टाउन हलमा आयोजित समारोहमा उपस्थित विशिष्ट अतिथिहरुमाझ रानाभाटले एक वर्षे कार्यकालका लागि मेयरको शपथ लिए ।

बरोका निवर्तमान मेयर काउन्सिलर डा डोमिनिक एमब्याङले मेयरले पहिरिने अफिसियल चेन हस्तान्तरण गर्दै रानाभाटलाई औपचारिक कार्यभार सुम्पिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077